सशस्त्र प्रहरी बल प्रधान कार्यलले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि ठूलो संख्यामा दरखास्त माग गरेको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले प्रहरी निरीक्षकमा ५८ जना र प्रहरी सहायक निरीक्षकमा २३९ जना माग गरेको हो ।