April 30, 2025, Wednesday
[nepali_today_date]

जहाँ अपराधीले बलात्कार पछि हत्या गरे, त्यही स्थानमा अपराधी प्रहरी इन्काउन्टरमा मारिए

जहाँ अपराधीले बलात्कार पछि हत्या गरे, त्यही स्थानमा अपराधी प्रहरी इन्काउन्टरमा मारिए

भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको “प्रहरी इन्काउन्टर”मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।अन्र्तराष्टिय संचार माध्यमका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा “भिडन्त”मा मृत्यु भएको हो।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ। हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो । यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो ।

Advertisement