April 21, 2025, Monday
[nepali_today_date]

बैकलाई व्यापारमात्र नभई मध्यकालीन र दीर्घकालीन लगानीमा ध्यानदिन अर्थमन्त्रीको सुझाब

बैकलाई व्यापारमात्र नभई मध्यकालीन र दीर्घकालीन लगानीमा ध्यानदिन अर्थमन्त्रीको सुझाब

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकीकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठूलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताए । उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालीन र दीर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताए ।

Advertisement

 त्यसका लागि ठूलो आकारको बैंक हुँदा सहज हुने उनको भनाइ थियो । उनले अल्पकालीन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठूलो पूँजी निर्माणका लागि ठूलो बैंक आवश्यक रहेको समेत बताए ।

Advertisement

 उनले ठूलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सुचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे ।

 उनले ठूलो बैंक भएपछि ठूलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

 कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले मर्जरपछि बैंकहरु ठूलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताए । उनले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतीलाई कम गर्नुपर्नेमा जोड दिए ।

 गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गरे ।

 नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय क्षेत्रमा जति ठूलो परिवर्तन आए पनि ब्याजदर भने एउटै भएको गुनासो गरेका छन् ।शुक्रबार ग्लोबल आइएमई र जनता बैंकको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले भने–‘बैंक तथा वित्तीय संस्था ठूला वा सानो हुनुले व्यापारीलाई खासै फरक परेको छैन ।’ ठूला बैंक भएपछि सञ्चालन खर्च पनि घट्छ तर बैंकको ब्याजदर भने सानो हुँदा पनि उही, ठूला भए पनि उही रहेको प्रति उनको असन्तुष्टि देखिन्थ्यो । 

 नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाललले संस्था ठूलो हुँदा जोखिम पनि उत्तिकै बढ्ने भन्दै त्यसतर्फ सचेन हुन आग्रह गरे। यसैगरी बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संगठनका प्रमुख पवन गोल्यानले सिइओ र सरकारबीच पुलको काम गर्न आफ्नो संगठन खुलेको प्रष्टीकरण दिए ।

 कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले अहिले नै ग्लोबल आइएमइ ठूलो बैंक भएको बताउँदै अझै १÷२ वटा मर्जरमा जान सुझाब दिए ।