शनिबार बिहान ७:०० देखि ११:०० बजेसम्म सवारी बन्द
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाउन ट्राफिक व्यवस्थापनमा महाशाखाले अनुरोध गरेको छ । शनिबार बिहान ७स्०० देखि ११स्०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी नचलाउन महाशाखाले अनुरोध गरेको हो । म्याराथन दौड शनिबार बिहान ७ बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्य्विनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुने भएको र उक्त दैडमा बैकल्पिक बाटो प्रयोग गर्नुहुन सबैसधारणमा अनुरोध गरेको हो ।
प्रतिकृया दिनुहोस्