January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

सुनको तारा झारिमाग्ने गायक रुद्रमणि आफै चम्किलो तारा बनेर बिदाई भए

सुनको तारा झारिमाग्ने गायक रुद्रमणि आफै चम्किलो तारा बनेर बिदाई भए

मंसिर २४ , काठमाडौं । 
‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न…’ गित गाउँने गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो । अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् । लामो समय देखि रोगबाट ग्रसित भएका गायक रुद्रमणिको उपचारको क्रममा सोमबार निधन भएको हो । दर्जनौ गीत गायर आफुलाई संसार भर चिनाएका गायक गुरुङलाई बुधबार दार्जी्लिङ्गमा अन्त्यष्टि गरिने बताइएको छ । गित क्षेत्रबाट टाडा रहदै लामो समय दार्जी्लिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत नै पहिचानको लागि काफि छ ।

Advertisement