May 15, 2025, Thursday
२०८२ जेष्ठ २

निमार्णधिन रङ्गशाला हेर्न टिकट शुल्क

२६ मङ्सिर
सुन्दै अचम्म लाग्ने कुरा निमार्ण हुदै गरेको रङ्गशाला हेर्नको लागि नै टिकट तिर्नुपर्ने त्योपनि नेपालमै, भएको यस्तै छ । चितबनको रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्नको लागि नै टिकट काट्नु पर्ने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको नेतृन्वमा निमार्ण हुँदै गरेको क्रिकेट रङ्गशालामा आउनेको घुइँचो लाग्न थालेपछि भिड थाम्नको लागि समेत टिकट काट्न लागिएको हो । राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक संख्या बढ्दै गएको छ । सख्या बढदै जाँदा रु २० को टिकट किनेर शुभचिन्तक निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन गर्ने र तस्वीर खिचेर फर्कने गरेका छन् । अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिने छ । रङ्गशाला सम्पन्न गर्न २ अर्ब ५० करोड खर्च हुने अनुमान छ । जसमा खर्च कसरी जुटाउने भन्ने समस्या देखिएको समय टिकट किन्ने प्रकृयाले पनि केही टेवा पुग्ने देखिन्छ । कतिपय टिकट काट्नेले रङ्गशाला निमार्णको लागि भन्दै सहयोग स्वरुप ठूलै रकम दिने गरेका छन् ।

Advertisement