४ करोडको साइकल
एजेन्सी, २६ मङ्सिर । एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर यो वास्तविक हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको साइकल लिलामीमा राखिएको छ, जसको लिलामी मूल्य ४ करोड राखिएको छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ ।मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्