April 21, 2025, Monday
[nepali_today_date]

नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने विश्व बैंकको अनुमान

नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने विश्व बैंकको अनुमान

मङ्सिर २६ काठमाडौं
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने नया प्रक्षेपण गरेको छ । विश्व बैंकले बिहीबार ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गर्दै सो कुरा जनाएको हो । यसअघि बैंकले गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने देखाइएको थियो । बैंकले नेपालले भ्रमण वर्ष सन् २०२० को प्रचार प्रसार पर्याप्त मात्रामा गरेको र त्यसका लागि पूर्वाधारमा पनि ठ्रलो लगानी गरेको हुँदा सेवा क्षेत्र बढ्ने बताएको हो । बैकका अनुसार चालू आर्थिक वर्षमा नेपालको कृषि क्षेत्रका वृद्धिदर ४ प्रतिशत, औद्योगिक क्षेत्रका वृद्धिदर ८.३ प्रतिशत र सेवा क्षेत्रका वृद्धिदर ७.२ प्रतिशत रहने छ । बैंकले भ्रमण वर्षका लागि नेपालले दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल सम्पन्न गर्ने र विभिन्न मुलुकसँगका हवाई सेवा सम्झौतापछि ‘एयर कनेक्टिभिटी’ बढ्ने लगायतका आधारमा सेवा क्षेत्रका विस्तार हुने जनाएको छ । बैंकका वरिष्ठ अर्थशास्त्री केन इमेजनरीले यस वर्ष नेपालको चालू खाता घाटा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ६.८ प्रतिशतमा झरे पनि वित्त घाटा भने बढेर जीडीपीको २.६ प्रतिशत पुग्ने बताए । उनले चालू आर्थिक वर्षमा मूल्यवृद्धि पनि पाँच प्रतिशत नाघ्ने जनाएका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका वृद्धिदर कम आँकलन गरिएकोमा असन्तुष्टि जनाएका छन् । उनले बैंकले आफ्ना वृद्धि प्रक्षेपणमा पुनरावलोकन गरिरहेको भन्दै आउँदा दिनमा नेपालका वृद्धि प्रक्षेपण बढाउन आग्रह गरे । “हाम्रो लक्ष्य ८ प्रतिशत आर्थिक वृद्धि गर्ने हो । अहिले नै आत्तिएर आर्थिक वृद्धिको लक्ष्य परिवर्तन गर्ने बेला भएको छैन ।” उनले अगाडि थपे ।

Advertisement