February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

मृत अवस्थामा फेलापरे खलनायक दिपक क्षेत्री

मृत अवस्थामा फेलापरे खलनायक दिपक क्षेत्री

मंसिर २९, काठमाडौं ।
नेपाली चलचित्रमा खलनायकका पात्रको रुपमा अभिनय गर्नुहुने कलाकार दिपक क्षेत्री मृत अवस्थामा फेला परेका छन् । काठमाण्डौको कालिका स्थान स्थित घरमा सुतिरहेको अवस्थामा शनिवार उनलाई मृत अवस्थामा भेटिएको हो । क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । यस अगाडि श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो । क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाइएको छ । उनले दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । ’जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा उनलको अभिनय देख्न पाइन्छ । उनी लामो समयपछि ’छ माया छपक्कै’ मार्फत कलाकारितामा फर्किएका थिए ।

Advertisement