January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चाेकमा दुर्घटना, १२ काे मृत्यु

कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चाेकमा दुर्घटना, १२  काे मृत्यु

दाेलखाकाे कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा दुर्घटनाग्रस्त भएकाे छ । साे दुर्घटनामा परेर कम्तीमा १२  जनाकाे घटनास्थलमै मृत्यु भएको छ । कालिन्चोक दर्शन गरेर भक्तपुरतर्फ फर्कँर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटनाग्रस्त भएकाे जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ । सिन्धुपाल्चोक प्रहरी गाडीमा भक्तपुरबाट कालिञ्चोक दर्शन गर्न गएका दर्शनार्थी थिए ।

Advertisement