January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रभुको बैंकको २०० औं शाखा सर्लाहीको बरहथवामा सञ्चालन

प्रभुको बैंकको २०० औं शाखा सर्लाहीको बरहथवामा सञ्चालन

आइतबार २९, मंसिर २०७६
काठमाडौं–प्रभु बैंकले सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवामा २०० औं शाखा सञ्चालनमा ल्याएकोे छ । शाखाको उद्घाटन सोही नगरका प्रमुख देवानन्द महतोले शुक्रवार गरका थिए । बैंकले बरहथवा शाखाबाट स्थानीय सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्था लाभान्वित हुने छन् । बंैकको शाखा बिस्तारको दिशाले देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ । उद्घाटनमा महतोले बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँमा शाखा सञ्चालन गरेकोप्रति धन्यवाद ज्ञापन गरे ।

Advertisement