धनकुटामा पनि अर्को डरलाग्दो दुर्घटना, दुईको मृत्यु
मंसिर ३०, २०७६ धनकुटा ।
छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकीले जनाएको छ । घाइतेको धनकुटामा उपचार भैरहेको छ । वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो । घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्