नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)मा परितोष पौड्यालको अध्यक्षमा नयाँ समिति
पुष ५, काठमाडौं ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ –नेफ्स्कुन)को २८ औं वार्षिक साधारणसभाले परितोष पौड्यालको अध्यक्षतामा आगामी चार वर्षका लागि १९ सदस्य सञ्चालक समिति चयन भएको छ । निर्वाचन आयुक्त अधिबक्ता रामचन्द्र सिम्खडाका अनुसार अध्यक्ष पद र सञ्चालक चार सदस्य खुला पदका लागि निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध भएका हुन् । नेफ्स्कुनको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दिपक पनेरु चुनिएका छन् । सञ्चालकमा रिना आचार्य, मन्दिरा मिश्र, विद्या कोइराला निर्वाचित भएका छन् । खुला सदस्यमा घनश्याम अधिकारी, न्छुछेनारायण श्रेष्ठ, जनक खत्री, चण्डिप्रसाद शर्मा पौडेल चुनिएका छन् । नवराज सापकोटाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ । लेखा समिति सदस्यमा शुसिलकुमार बस्नेत र सुभद्रादेवी महतो निर्वाचित भएका छन् । त्यसैगरी प्रदेशगत सञ्चालक सदस्यमा प्रदेश नं. १ बाट गोमा नेपाल, प्रदेश नं. २ बाट हरेराम प्रसाद , प्रदेश नं. ३ बाट जिवसराज खड्का, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, प्रदेश नं. ५ बाट सन्दिप सापकोटा, कर्णाली प्रदेशबाट यज्ञप्रसाद ढकाल, सुदुर पश्चिम प्रदेशबाट माधवप्रसाद जोशी निर्विरोध भएका छन् ।
प्रतिकृया दिनुहोस्