टिमुर अनुसन्धानले दिलायो अन्र्तराष्ट्रिय पुरस्कार
पुष ५, काठमाडौं ।
टिमुरमा अनुसन्धान गर्दै आएका एक नेपाली वैज्ञानिकले अन्र्तराष्ट्रिय पुरस्कार पाएका छन् । युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको अत्ताहुर रहमान पुरस्कार त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक डा अच्युत अधिकारीले पाएका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट)ले समेत यस वर्षको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेका अधिकारीलाई अन्र्तराष्ट्रिय अवार्ड मिलेको हो । अधिकारीले विशेष गरी आयुर्वेदमा प्रयोग भएका जटिबुटीहरुबाट औषधिजन्य रसायन निकाल्ने अनुसन्धान गर्दै आइरहेका छन् । नेपाली टिमुरमा विगत ६ वर्षदेखि अनुसन्धान गर्दै आएका अधिकारीले टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धि र झाडापखलामामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायन बनाउन सकिने प्रबृद्धि पत्ता लगाएका थिए । उनको अनुसन्धानले नेपाली टिमुरमा धेरै ‘टम्बुलिन’ पाइन्छ भन्ने प्रमाणित गरेको छ । उनको अनुसन्धानको निष्कर्शलाई आधार मानेर फ्रान्स पाकिस्तानमा समेत अनुसन्धान भैरहेको छ ।
प्रतिकृया दिनुहोस्