March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

खाना पकाउने ग्यास जस्तो स्टकमा अक्सिजन सिलिण्डर, उपचारमा भने पाउँनै मुस्किल

खाना पकाउने ग्यास जस्तो स्टकमा अक्सिजन सिलिण्डर, उपचारमा भने पाउँनै मुस्किल

अक्सिजनको अभावमा शुक्रवार भक्तपुरमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भयो । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बजारमा यतिखेर अक्सिजनको अभाव भएका समाचार बाहिरी रहेका छन् । कतै अव नेपालमा अक्सिजनकै अभावका कारणले गर्दा बिरामीको मृत्यु हुने त होइन भन्ने आशंका उब्जेको छ । अक्सिजनकै अभावमा विरामीको मृत्यु हुन थालेको हो ? त्यस्को खोजी हुन थालेको छ ।

Advertisement


वितरणमा समस्या हुँदा अभाव
बजारमा ग्यासको हाहाकारको हुनुको कारण वितरण प्रणालीमा समस्या हुनु स्वमं ब्यावसायी नै बताउँछन । अक्सिजन उत्पादन पर्याप्त भएपनि वितरण प्रणालीमा भने समस्या छ । यसका अलावा बजारमा ग्यासको अभाव हुने भन्दै शहरका अस्पतालले बढी सिलिण्डर होल्ड गरेका छन् । आम उपभोक्ता समते भोलि अक्सिजन नपाउने हल्लामा धमाधम बजारबाट खरीद गरेर लुकाउन थाल्दा बजारमा अक्सिजको अभाव भएको बताउँछन् । निजी उत्पादकहरूले पनि मागअनुसार अक्सिजन उत्पादन र वितरणका लागि आफूहरू तयार रहेको तर त्यस्को लागि अक्सिजन भर्ने सिलिण्डर उपलब्ध गराउनु पर्ने बताउँदै आएका छन् ।

Advertisement


‘अक्सिजन उत्पादनमा हामी आत्मनिर्भर छौं, सिलिण्डर होल्ड हुन रोक्ने र नयाँ सिलिण्डर व्यवस्थापनका लागि सरकारले पहल गरे नेपालले थप चिन्ता लिनुपर्ने अवस्था छैन ।,’ नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताएका छन् । देशकै ठूलो हिमाल अक्सिजन ग्यास उद्योगका सञ्चालक अभिक ज्योति पनि बजारमा अक्सिजन उत्पादन निकै राम्रो भइरहेकोले अभाव नभएको बताउँछन् । उनी हिमाल अक्सिजले मात्रै प्रतिघण्टा ६ सय क्यूबीक मिटर अक्सिजन उत्पादन गरिरहेको बताउँछन् । उनी माग बढे आफूले पनि अझै बढी ग्यास उत्पादन गर्न सक्ने बताउँछन् । ‘भोलि समस्या आउला कि भनेर पहिले नै लगेर राख्दा समस्या हुने हो, पहिले कसलाई धेरै आवश्यकता छ उसले लाने र सकिने वित्तिकै सिलिण्डर ल्याउने हो भने समस्या हुँदैन’ उनले भने ।


खाती सिलिण्डरको जोहो गर्ने हो भने आवश्यकताअनुसार अक्सिजन भरेर पठाउन आफूहरु तयार रहेको व्यवसायीको दाबी छ । साथै पछिल्लो समय घरघरमा अक्सिजन सिलिण्डर होल्ड हुन थालेकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने व्यवसायीको बताउँछन् । स्वास्थ्य मन्त्रालयसँग भएको छलफलमा यथेष्ट मात्रामा सिलिण्डरको उपलब्धता गराइदिन र सिलिण्डर होल्ड गर्ने कार्य रोक्ने संयन्त्र बनाउन उनीहरुले आग्रह गरेका छन् ।


‘अहिले पनि हामीसँग प्रशस्त मात्रामा अक्सिजन उत्पादन छ, तर काठमाडौंमा उत्पादन हुने अक्सिजन अन्यत्र पुर्याउन समस्या भएको हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतम भन्छन्, ‘अक्सिजन उद्योग नभएका ठाउँमा हुने ठूलो माग धान्न कठिन भएकाले सरकारले थप सिलिण्डर किन्ने प्रक्रिया सुरु गरेको छ ।’ उनका अनुसार थुप्रै सरकारी अस्पतालहरूमा अक्सिजन उत्पादन प्लान्ट नै छ । ‘खाना पकाउने ग्यास जस्तो स्टकमा राख्ने कुरा होइन यो, सबैले बुझ्न जरुरी छ’ उनले भने, ‘सिलिण्डर नथुपार्ने हो भने हामी जति पनि ग्यास भर्न सक्छौं, उत्पादनमा समस्यामा नै छैन ।’


कति छन् सिलिण्डर ?
सरकारले थप सिलिण्डर उपलब्ध गराए जति पनि अक्सिजन उपलब्ध गराउन सकिने संघका अध्यक्ष शारडाले बताका छन् । स्वास्थ्य मन्त्रालयले पनि अक्सिजन उत्पादनमा नभई वितरण प्रणालीमा समस्या रहेको स्वीकार गरेको छ । त्यसो भए नेपालका कति अक्सिजन बोक्ने सिलिण्डर छन् त ? नेपालमा अहिले अक्सिजन भर्ने सिलिन्डर कति छन् त्यस्को एकिन तथ्याङ कसैसँग छैन् । नेपाली उद्योगहरुसँग १० लिटरको एउटा सिलिण्डरका लागि १८÷२० हजार लगानी गर्नुपर्ने अवस्था छ । यस्ले पनि अक्सिजन उत्पादक कम्पनीहरुले सिमित सिलिण्डर प्रयोग गरेका छन् । संघका पदाधिकारीहरु हाल सञ्चालनमा रहेका उद्योगहरूसँग झण्डै १० देखि १५ हजार प्रतिउद्योग सिलिण्डर प्रयोग गरेको बताउँछन् । यसैलाई आधार मान्दा देशभर मात्र ३ लाखको हाराहारीमा सिलिण्डर रहेको अनुमान गर्न सकिन्छ । महामारी नभएको भए यही सिलिण्डर पनि नेपालको लागि फालाफल हुने थियो, तर त्यो भएन । महामारीमा ग्यासको अलिक बढी खपत भएको छ । यस्ले थोरै सिलिण्डर भएका उद्योगले धेरै टाढा अक्सिजन पठाउन चाहादैनन् । टाडा सिलिण्डर पठाउँदा महिना दिनसम्म पनि होल्ड हुनसक्ने भएकाले उद्योग र सप्लायर्सहरु नजिकै बिक्री गर्न र छिटो कमाउन चाहान्छन् । जस्ले दुर्गम क्षेत्रमा अक्सिजनको अभाव भएको हो ।


उत्पादन गर्ने उद्योग कति ?
हाल देशभर जम्मा २० अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग संचालनमा छन् । काठमाडौं भित्र ८ वटा उद्योग संचालन हुँदा बाहिरी जिल्ला बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग संचालनमा छन् । देशकै ठूलो हिमाल अक्सिजन ग्यास उद्योगले क्षमताको ८० प्रतिशत ग्यास उत्पादन गरिरहेको छ । यसका अलावा हिमाल कै अन्य सहायक उद्योगले अन्य २ वटाबाट ५० देखि ६० प्रतिशत क्षमता र एउटाबाट ८० प्रतिशत क्षमतामा उत्पादन भइरहेको छ । हिमालका सञ्चालक अभिक ज्योति बजारमा अक्सिजन उत्पादन निकै राम्रो भइरहेकोले अभाव नभएको बताउँछन् । उनी हिमाल अक्सिजले मात्रै प्रतिघण्टा ६ सय क्यूबीक मिटर अक्सिजन उत्पादन गरिरहेको र अन्य उद्योगले समेत राम्रो उत्पादन गरेको कारण अक्सिजको अभाव नभएको बताउँछन् । ज्याति डर केबल सिलिण्डरको मात्रै भएको बताउँछन् । ‘सिलिण्डर रोटेशन हुने हो भने अक्सिजको समस्या हुँदैन,’–ज्योति भन्छन् ।

स्वास्थ्य मन्त्रालय र नेपाल अक्सिजन ग्यास उत्पादक संघका पदाधिकारीसँग भएको छलफलमा अक्सिजको अभाव नहुँने बताएका छन् । संघले एकदमै जटिल अवस्था आयो भने दैनिक पाँच देखि ६ हजार सिलिण्डर अक्सिजनको माग हुनसक्ने आँकलन गरेको छ । त्योभन्दा बढी अक्सिजन अहिले नै उत्पादन हुने गरेको अध्यक्ष शारडाले बताएका छन् ।


औद्योगिक क्षेत्रको खपत कटौती
नेपालमा उत्पादित अक्सिजनमध्ये झण्डै ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । यदी त्यो खपत हुने अक्सिजन विरामीलाई प्रयोग भएमा अभाव हटाउन सकिन्छ । अहिले पनि कुल उत्पादनको ७० प्रतिशत मात्रै अक्सिजन स्वस्थ्य संस्था र व्यक्तिको घरमा गएको छ । अक्सिजन उद्योग शतप्रतिशत क्षमतामा चलाएर औद्योगिक प्रयोजन रोक्ने हो भने समस्या नहुने ब्यावसायीको दाबी छ ।


सिलिण्डर बाहेक कसरी होला समाधान ?
सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउने भएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताएका छन् । सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने भएको छ ।


नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । चीनले दिएको सिलिण्डर नेपालमा ल्याएपनि त्यस्को अभावको समाधान हुँदैन् । त्यस्ता ठाउँहरुमा सिलिण्डरको साटो ट्यांकरमा अक्सिजन सप्लाई गर्नु उपयुक्त हुन्छ । धेरै उद्योगहरुसँग ट्यांकरमा अक्सिजन भर्ने सिस्टम छैन किनकी माइनस १८०÷१८४ डिग्री तापक्रममा अक्सिजन भर्न छुट्टै मेसिन चाहिन्छ । यो महंगो पर्ने भएकाले उद्योगले यस तर्फ लगानी गरेका छैनन् । ट्यांकरमा अक्सिजन सप्लाई गर्ने विकल्प निकालेमा ग्यासको हाहाकार समाधान हुने देखिन्छ ।