March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सत्ता उथलपुथलको समय पपुलिष्ट बजेट बनाउँदै अर्थमन्त्री पौडेल

सत्ता उथलपुथलको समय पपुलिष्ट बजेट बनाउँदै अर्थमन्त्री पौडेल


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल अचेल सार्वजनिक कार्यक्रममा कमै देखिदै आएका छन् । एमालेको विवाद मिलाउने क्रममा बाहेक उनी कुनैपनि कार्यक्रममा देखिएका छैनन् । एमालेका दुई नेता प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपाललाई मिलाउन र त्यस्को संवादको वातावरण निर्माणका लागि भित्री भूमिका खेल्ने बाहेक अन्य कुनैपनि बाहिरी भूमिकामा छैनन् ।

Advertisement


आज मात्रै ओली र नेपाल पक्षका नेतासँगको छलफलमा उनी योगेश भट्टराई, धनश्यम भुषाल र गोकर्ण बिष्टसँग सिंहदवारमा छलफल गरिरहेका छन् । यसका अलावा अर्थमन्त्री पौडेल बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म नै सिंहदरबारमा नै रहन्छन् । उनी यसरी सिंहदरवारमा बस्नुको कारण अझै हो बजेटको तयारी । तर बजेट ल्याउन पौडेलले भ्याउछन या भ्याउँदैनन त्यो भने आजै निश्चत हुनेछ । तर पनि अर्थसचिव शिशिरकुमार ढुंगाना, वित्तीय नियन्त्रक मधु कुमार मरासिनीदेखि अर्थ अन्त्रालयका थुपै कर्मचारी अर्थमन्त्री पौडेलसँगै खटिरहेका छन् । यससँगै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्ने संवैधानिक कार्य तालिकाअनुसार मन्त्री पौडेलसहितका टिम सिंहदरबारभित्र खटिरहेका छन् ।

Advertisement


अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७३–७४ को बजेट ल्याउने मौका पाएका थिए । मन्त्री पौडेलले आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएका थिए । उनले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट सार्वजनिक गर्दा तत्कालीन राष्ट्रिय योजना आयोगका पदाधिकारीले दिएको सिलिङभन्दा एक खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी बजेट ल्याएका थिए । उनी ठिक पाँच वर्षपछि २०७८–७९ को बजेट त्यसरी नै ल्याउने तयारीमा छन् । तर अव उनले बजेट ल्याउन पाउँने दिन सकिदै गएको सत्ता समिकरणले देखाएको छ ।

चालु आव २०७७–०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६–०७७ आव लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । यस बर्ष भने अर्थमन्त्रालय पौडेलको नेतृत्वमा यति नै आकारको बजेट हुने औपचारिक खाका तयार नभए पनि अर्थ मन्त्रालयले १६ खर्ब ५ अर्ब जतिको बनाउने तयारी गरेको अर्थमन्त्रालय स्रोतको दाबी छ । राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट तयार गर्नुपर्नेछ । प्रक्षेपणअनुसार चालू खर्च १० खर्ब, पुँजीगत खर्च ४ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्था २ खर्ब रुपैयाँको हुने अनुमान छ । यद्यपि बजेट महाशाखा आयोगको प्रक्षेपण अनुरुप जान नसक्ने बताउँदै आएको छ ।


यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि गरिने अर्थमन्त्रालय स्रोत बताउँछ । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षमा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ ।


चालु आव ८ अर्ब ५० करोड राजस्व संकलन हुने र त्यसमा २० प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिने भएको छ । यसमध्ये आन्तरिक अन्तः शुल्क र मूल्य अभिवृद्धि करको ३० प्रतिशत संघ र प्रदेशको कोषमा जाने अपेक्षा छ । संघीय सरकारसँग ९ खर्ब राजस्वका अतिरिक्त २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण तथा २ खर्ब ५० अर्बकै हाराहारीमा विदेशी ऋण तथा ५० अर्ब रुपैयाँ बराबरको अनुदान परिचालन हुने अपेक्षासहित पौडेल बजेट निमार्णमा निरन्तर लागेका छन् ।


चालु आर्थिक वर्षमा पनि सरकारले संशोधित बजेट खर्च गर्न सक्ने अवस्था छैन । वैशाखदेखि तातेर विकास खर्च गर्ने प्रवृत्ति भएको अवस्थामा यसपालि कोरोनाको दोस्रो लहर जेठसम्म नै लम्बिने सम्भावना रहेकाले पुुँजीगत खर्च गर्न सक्ने अवस्था सरकार देखिदैन् । विनियोजित खर्च गर्न नसक्ने अवस्थामा नरहेको सरकारले आगामी बजेट भने पपुलिस्ट बनाउने गरी कार्य गर्दे आएको अर्थमन्त्रालय स्रोत बताउँछ । अर्थमन्त्री पौडेल पनि पपुलिष्ट बजेट बनाउँने तयारीमा छ । मुलुकको आर्थिक अवस्था र अर्थतन्त्रको वास्तविक स्वरुपलाइ नहेरी जनतालाइ खुशी पार्ने गरी बजेट वितरण गर्ने तयारी गरेको समय अर्थमन्त्री पौडेल आफै विदाइको अवस्थामा पुगेका छन् ।