January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

भ्रमण वर्षको उद्घाटनका लागि पाँच जना अनिवार्य उपस्थित गराउन मन्त्रालयको उर्दी

पुस ८, काठमाडौं ।
वर्षको पहिलो दिन जनवरी १ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हजारौं मानिसहरुको बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । नेपाल भ्रमण वर्ष २०२० लाई उद्धाटन गर्न सरकारले रङ्गशालामा १० लाख जनाको सहभागिता गराउँने भएको छ ।
भ्रमण वर्षको उद्घाटनमा ४० वटा देशका पर्यटनमन्त्री, सम्पूर्ण निजामति तथा सरकारी कर्मचारी, सबै प्रदेशका कार्यकारीहरु, मन्त्रिहरु तथा सम्पूर्ण क्षेत्रबाट मानिसहरु सहभागी गराइनेछ ।
यसका लागि पर्यटनसँग सम्बन्धित र अन्य प्रत्येक संघसंस्थाले ५ जना सहभागिता गराउनुपर्ने उर्दी गरेको छ । क्यालेण्डर नै बनाएर नेपाल भ्रमण वर्ष भित्रै थप ३० मुख्य पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने लक्ष्यसमेत राखेको नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
राज्यले लिएको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका प्रमुख हुने र यसबाट फाइदासमेत निजी क्षेत्रले नै बढी लिने भएकाले सबैले सहयोग गर्न सचिवालयले अनुरोध गरेको हो ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्य हो, तर ५० लाख पु¥याउने लक्ष्य सरकारले राखेको छ । सरकारले राखेको कार्यक्रमलाई सफल बनाउन उक्त दिन सबैलाई रङ्गशालामा सहभागी हुन समेत भ्रमण वर्ष सचिवालयले आग्रह गरेको छ ।

Advertisement