April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चलखेल बजारमा भएकै हो, अझै सक्रियता आवश्यक

चलखेल बजारमा भएकै हो, अझै सक्रियता आवश्यक

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले अधिकांस क्षेत्रका आर्थिक गतिबिधी खुम्चिएका छन् । औधोगिक क्षेत्रमा उत्पादन धमाधम कटौति हुँदै आएको छ । राम्रोसँग संचालन भएका उद्योग धन्दामा समेत मूनाफको दर घट्दो छ । अर्थतन्त्रका चरहरु नकारात्मक भएको समय अर्थतन्त्रको मेरुदण्ड मानिने शेयर बजार भने लगातार रुपमा उकालो लागेको छ । अझ आश्चर्य त के भने इतिहासमै लाभांस दिन नसकेका, सुशासनको कमी भएका र घाटामा गएका कम्पनीको समेत सेयर मूल्यमा उछाल आएको छ ।

Advertisement

धितोपत्र बोर्डले बजारमा सूचीकृत ५१ वटा कम्पनीमा केही चलाख लगानीकर्ताहरुको विभिन्न समूहहरुले सेयरलाई कर्नरिङ्ग गरी मूल्य बढाउने र सर्वसाधारण लगानीकर्ताहरुलाई फँसाउने धन्दा गर्दै आएको निष्कर्ष निकालेको छ । यतिखेर धितोपत्र बोर्डले जे देखेको छ त्यही बाहिर ल्याएको छ । यस्तो धन्दा फस्टाइरहँदा नियमनकारी निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन् । अर्कोतर्फ नयाँ लगानी कर्ता प्रतिदन सेयर बजारमा भित्री रहेका छन् । नयाँलाई चलाख समूहले घुमाईफिराई कमजोर अवस्था भएका र नाफा समेत दिन नसक्ने कम्पनीको शेयर भिडाईरहेका छन् । उनीहरु प्रतिफल नै नदिने कम्पनीका सेयरहरु बजारबाट पाएजति सबै लिइदिने र आफू आफूबीच कारोबार गरी मूल्य बढाएर माथि लाने खेलमा लागेका पक्कैपनि छन् । यस्तो शेयर नयाँ र अनुभन नभएका लगानी कर्तालाई भिडाएर आपूm ठूलै रकम हात पारेर बाहिरिने गरेका छन् ।

Advertisement

खानी खोला जलविद्युत कम्पनीको सेयर गत बर्ष ४५ रुपैया थियो । हाल यो बढेर २५० माथि पुगेको । आठ महिनको समयमा के ले असर पार्ये र यस्को शेयर यतिका माथि पुग्यो ? अर्कोतीर ४६ करोड चुक्ता पूँजी रहेको यो कम्पनीको घाटा मात्रै ६६ करोड छ । यस्तो अवस्थामा यो कम्पनीको सेयर मूल्य बढनुको कारण के हो ? त्यस्तै आवु खोला, दिब्यश्वरी हाइड्रोपावर, नेश्नल हाइड्रोपावरदेखि अन्य थुप्रै जलविद्युत कम्पनीको शुशासन अवस्थादेखि मूनाफाको अवस्था कमजोर हुँदा पनि कम्पनीको शेयर मूल्य भने बढेको बढैछ ।

यतिमात्र होइन लामोसमयसम्म अदातलममा मुद्दा चलेको बर्षिक साधारण सभा समेत नभएको, मुनाफा समेत दिन नसकेको विशाल बजारको कम्पनी लिमिटेडको सेयर मूल्य पनि लगतार बढीरहेको छ । ति कम्पनी त उदाहरण मात्र हुन बजारमा इतिहासमै लाभांस दिन नसकेका, सुशासनको कमी भएका र ठूलो परिमाणमा घाटामा गएका कम्पनीको समेत सेयर मूल्यमा उछाल आएको छ । त्यस्को खोजी नै नगरी लगानी कर्ता अन्धाधुन्द लगानी गरिरहेका छन् । यस्ले के देखाउँछ भने बजारमा चलखेल भएकौ हो । त्यस विरुद्ध कडा कदम आजका दिनमा नचाल्ने हो भने थुपै सेयर बजारमा लगानी गर्ने नव आगन्तुकले भोलिका दिनमा लगानी डुबेर आत्माहत्या गर्नुपर्ने अवस्था आउँन सक्छ ।

हुनत कतिपय निहित स्वार्थ बोकेका समूहले सेयरमा चलखेल गर्ने परम्परा नेपालमा मात्र नभएर विश्वभरीकै पुँजीबजारमा समेत चल्ने गरेको छ । जुन अवस्था हाल नेपालको बजारमा समेत रहेको छ । विश्वभरीनै हुने समान चलखेल भनेका इन्साइडर ट्रेडिङ, सेयर कर्नरीङ्ग र अफवाह फैलायर सेयर बजारमा चलखेल गरिएका छन् नै तर नेपाली बजारमा जसरी चलखेल भएको छ सो चलखेर अन्य क्षेत्रको भन्दा बढी नै देखिन्छ ।

जोखिम मूल्यांकनमा कतिपय कम्पनीका बारेमा बोर्डले निकालेको निष्कर्ष त्यति प्रोफेसनल भएन कि भन्ने टिप्पणी पनि व्यक्त भैरहेका छन् । धितोपत्र बोर्डले पत्ता लगाएका ५१ वटा कम्पनीमध्ये आधाभन्दा बढीको अवस्था नाजुक छ र तिनले तुरुन्तै कुनै प्रतिफल दिने संभावना देखिदैन । तीमध्ये कतिपयले त स्थापनाकालदेखि १८ वर्षसम्म पनि सेयरधनीहरुलाई लाभांश दिएका छैनन् । कति पय कम्पनीको चुक्ता पूँजी भन्दापनि बढी ऋण भार छ । कतिपय ब्लुचिप कम्पनीको रुपमा रहेपनि तिनीहरुले दिने प्रतिफलको तुलनामा बजार मूल्य अत्यन्तै बढी भएको देखिन्छ ।

यहाँ सबै कुरा बोर्डको ठिक पनि छैन् । पछिल्लो विवरण हेर्ने हो भने यहाँ धितोपत्र बोर्डले उपयुक्त वर्गीकरण गरी भन्न भने नजानेको पाइन्छ । ५१ वटै कम्पनीको अवस्था एकै छैन् । कुनै केही राम्रा त कुनै अति नराम्रो वित्तीय र सुशासनको अवस्थामा समेत छन् । ति सबैको बर्णिकरण गर्नु पर्नेमा त्यो भने भएन् । तर हामीले के बुझनु परो भने केही राम्रो मानिने ती कम्पनीमा पनि जसरी कर्नरिङ्ग गरेर मूल्यलाई टाकुरोमा पु¥याइएको छ, त्यसभित्र पक्कैपनि जोखिम छ । जोखिमलाई समयमै पहिचान गर्न सकिएन भने भविष्यमा नराम्रोसित प्रभावित हुनको अर्को विकल्प छैन् ।

धितोपत्र बोर्डले यसअघि नै कम्पनीको विश्लेषण गरी यथार्थ कुरा बाहिर ल्याइदिएको भए मूल्य यसरी बढ्ने थिएन र साना तथा बजारका बारे कम जानकारी भएका लगानीकर्ताहरु फँस्ने थिएनन् । तर ढिलै भएपनि बोर्डले सर्वसाधारणलाई जोखिमबारे जानकारी दिएको छ । यो सकारात्मक सन्देश प्रवाह हो । हामीले अर्को बुझनु पर्ने कुरा के हो भने भोली केही कमजोर अवस्था भएका कम्पनीको सेयर सूचीबाट हटाउन पनि बोर्डले सक्छ । त्यसप्रति साना लगानीकर्ताहरुले ध्यानदिनु जरुरी छ । अवको केही दिनमा तिनीहरुले आफूले उच्च मूल्यमा किनेको सेयर बजारमा प्राप्त मोलमा बिक्री गरी बाहिर निस्कने छन् । अनी मात्र बोर्डले सूचीबाट हटाउने छ । यसो हँुदा उनीहरु माथि अन्याय हुँदैन । तर यसरी सचेत गराइसकेपछि पनि कोही अलग हुँदैनन् वा आफ्नो पोको कस्दैनन् भने बोर्डलाई दोष दिनपाइदैन् ।