September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

मोबाइलले बालबिबाह बढायो

मोबाइलले बालबिबाह बढायो

पौष १०, कालिकोट
कालिकोट जिल्लामा बालविवाहको संख्या बढदै गइरहेको छ । यस्तो हुनुको कारण मोबाइल भएको पाइएको छ । अभिभावकको गैर जिम्मेवारी , मोबाइल फोनको कारणले एक अर्कासँग चिनजान हुने र त्यसैको कारणले भागी विवाह गर्ने गरेको स्थानीयले बताएका छन् । मोबाइल फोन प्रयोग गरेको किशोरीले मात्र बढी बालविबाह गरेको जसको हातमा मोबाइल छैन ऊ किशोरी विवाहप्रति चासो नराख्ने पाइएको छ । मोबाइलसँगै विद्यालय पढ्ने बालबालिकाको उमेर घटाउने प्रवृत्तिका कारणले कालिकोटमा सोचेअनुसारको बालविवाह न्यूनिकरणका प्रतिफल नआएको, विद्यालयमा भर्ना गर्दा जन्मदर्ता सच्चाइने गरिएकाले हाल आएर तथ्याङ्कमा बालविवाह देखिएको हो । बच्चा जन्मिँदा स्वास्थ्य चौकीमा रेकर्ड हुने भएकाले स्थानिय पञ्जिकाधिकारीले पनि स्वास्थ्य संस्थामा लगाएको खोप कार्डका आधारमा मात्र जन्मदर्ताका प्रतिलिपि दिनुपर्ने आमनागरिकले आग्रह गरेका छन् । न्यूनिकरणका लागि गरिएको बालकचहरीमा बोल्ने अधिकांश नागरिकले मोबाइल फोनको प्रयोग र उमेर घटाएर जन्मदर्ता गराउने गरेका कारणले बालविवाहको दर बढेको दाबी गरेका छन् ।

Advertisement