September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

मलाला यूसुफजई विश्वकै प्रसिद्ध किशोरीः संयुक्त राष्ट्रसंघ

मलाला यूसुफजई विश्वकै प्रसिद्ध किशोरीः संयुक्त राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले ‘डिकेड इन रिभ्यू’ रिपोर्टमा पाकिस्तानकी सामाजिक कार्यकर्ता तथा नोबेल (शान्ति) पुरस्कार विजेता मलाला यूसुफजईलाई विश्वकै प्रसिद्ध किशोरी घोषणा गरेको छ ।

मलाला किशोरीहरूको शिक्षाका लागि काम गर्ने गर्छिन् ।  संयुक्त राष्ट्रसंघको डिकेड इन रिभ्युमा एक दशकका यस्ता प्रमुख घटना तथा सम्झौता संलग्न गरिएको छ जो सबैभन्दा बढी प्रसिद्ध भएका थिए । रिपोर्टमा हैटीमा सन् २०१० मा आएको विनाशकारी भूकम्प, सन् २०११ मा सिरियामा सुरु भएको संघर्ष, पेरिस जलवायु परिवर्तन डिल तथा संयुक्त राष्ट्रसंघको २०३० एजेन्डाजस्ता ठूला घटना संलग्न गरिएको छ ।  संयुक्त राष्ट्रसंघले रिभ्यु रिपोर्टमा मलालाबारे लेखेको छ, ‘उनीमाथि आतंककारी हमला भयो । संसारभर यसको असर परेको थियो र व्यापक रुपमा यसको आलोचनासमेत गरिएको थियो । हरेक किशोरीलाई विद्यालय जाने अधिकारी दिलाउनका लागि र किशोरीहरूलाई आधुनिक शिक्षाको प्राथमिकता दिनका लागि गरिएको कार्यलाई मध्यनजर गर्दै मानव अधिकार दिवसमा युनेस्कोको पेरिसस्थित मुख्यालयमा मलालालाई खास सम्मान दिइएको थियो ।’ रिपोर्टमा भनिएअनुसार २१औं शताब्दीको किरोरावास्था लगभग सकिएको छ । जस्तो कि संसार २०२० मा प्रवेशका लागि तयारीमा छ । युएनले २०१० देखि २०१९ बीच संसारभरका केही ठूला समाचारमाथि नजर लगाइरहेको छ ।

Advertisement