April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

पर्यटन बर्ष उद्धघाटनको समय बोर्डका उपल्ला अधिकारी नेतृत्वको दौडमा

पर्यटन बर्ष उद्धघाटनको समय बोर्डका उपल्ला अधिकारी नेतृत्वको दौडमा

पुष १२, काठमाडौं ।

सरकारले विस लाख पर्यटक भित्राउने लक्ष्यका साथ घोषण गरेको नेपाल भ्रमण वर्ष शुरु हुन एक साता मात्र बाँकी छ । पर्यटन बर्षको उद्धघाटनको समय नजिकिदै गर्दा भ्रमण वर्ष मूल आयोजक समितिको सदस्य सचिव पद नै खाली भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गत सोमबारबाट आफ्नो चार वर्षे कार्यकाल पूरा गरी अवकास पाएका छन् । भ्रमण वर्ष उदघाटनको मुख्य र महत्वपूर्ण समयमा बोर्ड नेतृत्वविहीन हुन पुगेको छ ।
भ्रमण वर्ष सुरु हुने दिन नजिकिएकाले तालुकवाला पर्यटन मन्त्रालयले जोशीलाई थप तीन महिना काम गर्न आग्रह गरेको थियो । तर जोशीले फेरि प्रतिस्पर्धाबाटै आउने भन्दै सरकारले थपेको अवधि खान मानेनन् । बरू नयाँ कार्यकारी प्रमुखका लागि जोशीसहित १७ जनाले आवेदन दिएका छन् । तीमध्ये ११ जना बोर्ड्भित्रकै हुन् । ६ जना भने पर्यटन व्यवसायी छन् । भ्रमण वर्ष सचिवालयका सदस्यसचिवले पनि आवेदन दिएका छन् । आवेदकध्येबाट ९ जनाको संक्षिप्त सूची बनाइ व्यावसायिक योजना पेश गर्न लगाउने र अन्तर्वार्ता लिई ३ जनाको नाम सिफारिस गर्ने छनोट समितिको तयारी छ । तर यो काम कहिलेसम्म सकिन्छ र बोर्डले नयाँ प्रमुख पाउँछ भन्नेचाहिँ टुंगो छैन । जोशीको चार वर्षे कार्यकाल सोमबार सकिने जानकारी बोर्ड सञ्चालक समिति र मन्त्रालय दुवैलाई थियो । बोर्डलाई नेतृत्वविहीन हुन नदिन र अझ भ्रमण वर्ष नजिकिदै गरेकाले छनोट प्रक्रिया पहिले नै सुरु गरिनुपर्थ्यो ।
सञ्चालक समितिले चाहेको भए सीईओ छनोट प्रक्रिया जोशीको कार्यकाल ६ महिना बाँकी रहँदैबाट थाल्न सक्थ्यो । पुरानो सीईओको बिदाई र नयाँ सीईओको स्वागत एकै दिन गर्न सकिने सम्भावना थियो, तर सञ्चालक समितिले यसमा ध्यान दिएन । तर मन्त्रालय र सञ्चालक समिति दुवैको ढिलासुस्तीले सबभन्दा धेरै चलायमान हुनुपर्ने घडीमा बोर्डका प्रायः उपल्ला अधिकारी नेतृत्वको दौडमा सामेल भएका छन् ।

Advertisement