April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

शान्तिनगरमा महिलालाई ठक्कर दिने ट्रिपर लुकाएको अवस्थामा क्षेत्रपाटीबाट नियन्त्रणमा, चालक भने फरार

पुस १३, काठमाडौं ।
काडमाडौं शान्तिनगरमा अन्दाजी ५५ वर्षीया महिलालाई ठक्कर दिएर भागेको ट्रिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा प्रहरले नियन्त्रणमा लिएको छ । हिजो राति करिव ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बालुवा खन्याएर लुकाएर राखिएको अवस्थामा ट्रिपर भेटिएको हो । ट्रिपरका चालक भने फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ ।

Advertisement