सूचना प्रविधि सम्बन्धी विधेयक पारितः फेसबुकमा जथाभावी अर्काको बारेमा नकारात्मक लेख्नेलाई ५ बर्ष जेल
पुस १३, काठमाडौं ।
सामाजिक सञ्जालमा कुनै व्यक्ति वा विषयमा आलोचनात्मक टिप्पणी गर्दा कडा कारवाही गर्ने व्यवस्था लागु हुने भएको छ ।
संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतका आधारमा पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असहमतिका बाबजुद समितिले विधेयक पारित गरेको हो । विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।
समितिमा रहेका नेकपा सांसदहरुले विधेयकको पक्षमा मत दिएका हुन् । कांग्रेसका सांसदले भने विधेयकमा रहेका कतिपय व्यवस्थाले व्यक्तिको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै फरक मत राखेको हो ।
विधेयकमा फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ र कांग्रेसले त्यसको विरोध गरेको छ । कांग्रेसले विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनु पर्छ ।
यो प्रावधानमा कांग्रेसले असहमति राखेको छ । समिति बैठकबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ ।
प्रतिकृया दिनुहोस्