April 30, 2025, Wednesday
[nepali_today_date]

बेमौसमी झरीले ११ हजार काँचो इँटा नष्ट

बेमौसमी झरीले ११ हजार काँचो इँटा नष्ट

माघ ५ , काठमाडौं ।
लगातार बर्षा भए संगै काचो इँटा माटो संगै बिलिन भएका छन् । चाँगुनारायण–९ ताथलिस्थित एक इँटा उद्योगमा उत्पादित ११ हजार काँचो इँटा नष्ट भएका छन् । बिहीबारदेखि परेको पानीले चाङ लगाइएका काँचो इँटा भुइँभरि ढलेका छन् । प्रतिदिन ८० हजारदेखि १ लाख २० हजार इँटा उत्पादन हुन्छ । झरीले गर्दा करिब ७ देखि ९ लाख काँचो इँटा नष्ट भएको छ । झरीले जिल्लामा सञ्चालित ६२ उद्योगमा उत्पादित करिब ४ करोड ३५ लाख मूल्य बराबरको काँचो इँटा नष्ट भएको भक्तपुर इँटा उद्योग व्यवसायी संघले जनाएको छ । एक महिना पहिले परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको थियो । दाङजिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु ७ करोड ७७ लाख क्षति भएको थियो । बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानीत सात करोड बढी काँचो इँटा काम नलाग्ने गरी नष्ट पारीएको थियो ।
अहिले चागुनारायणमा झरीका कारण मजदुरले इँटा पार्नसमेत पाएका छैनन् । एकपल्ट पानी पर्दा सात देखि १० दिनसम्म इँटा बनाउन नसकिने र रातदिन नभनी १० दिन बनाएको इँटा माटोमै मिलेको उनिहरुको गुनासो रहेको छ । खलामा बिग्रिएको इँटाको क्षतिपूर्ति मजदुरले नपाउने र गणना गरेर चाङ लगाएको इँटाको क्षतिपूर्ति पाउने उद्योग सञ्चालक को भनाई रहेको छ । साथै उद्योगमा कार्यरत कर्मचारीको पाँच लाख रुपैयाँको स्वास्थ्य तथा दुर्घटना बिमा गरिएको छ । काँचो इँटाको क्षति ३३ प्रतिशत मजदुर र ६७ प्रतिशत व्यवसायीले बेहोर्नु पर्ने समेत जनाएको छ ।

Advertisement