आजको मौसमः केही स्थानमा वर्षा र हिमपात
माघ १४, काठमाडौं ।
मङ्गलबार देशका केही ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक÷दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उहाँको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ ।
पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने रहेको पूर्वानुमान शाखाले जनाएको हो । यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भोलि देशभरिकै मौसम बदली हुनेछ ।
प्रतिकृया दिनुहोस्