विश्व सिमसार दिवसः प्राकृतिक ताल हराउँदै, कृतिम बन्दै
माघ १९, काठमाडौं ।
आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको नारा सिमसार र जैविक विविधता तय गरिएको छ ।
ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सिमसार भित्र जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने भएकाले पनि यसलाई प्रकृतिको मिर्गाैलाका रुपमा समेत लिने गरिएको छ ।
विश्व सिमसार दिवस अवसरमा वन तथा वातावरण मन्त्रालयले पोखरामा र त्यस मातहतका विभाग अनी कार्यालयले जिल्ला स्तरमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् ।
विश्वका सिमसार क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यले सन् १९१७ मा इरानमा रामसार महासन्धी भएपछि यो दिवस मनाउन थालिएको हो । जलवायु परिवर्तन र सिमसार क्षेत्र संरक्षणको असर र औचित्य देखिएपछि नेपालमा पनि सिमसार दिवस मनाउन थालिएको हो ।
सन् १९८७ मा कोसी टप्पुलाई रामसार सूचिमा सूचिकृत गराउन सफल नेपाल सन् १९८८ मा रामसार महासन्धिको पक्षराष्ट्र बनेको हो । नेपालमा ६० हजार ५ सय ६१ हेक्टर क्षेत्रफल रामसारले ओगटेको छ । नेपालमा वि.सं. २०५९ सालमा सिमसार संरक्षण नीति बनेकोमा २०६९ मा परिमार्जन गरी विभिन्न कार्यक्रम गरेपनि सिमसार क्षेत्र जोखिममा छन् ।
चितवनको बिसहजारी ताल, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडि, मुगुको रारा, रसुवाको गोसाइकुण्ड, डोल्पाको से–फोक्सुण्डो, सोलुखुम्बुको गोक्यो, इलामको माइपोखरी र कास्किका ९ वटा ताल रामसार सूची सुचिकृत छन् ।
नेपालमा ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रुपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ । नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३ जटा तलैया रहेका छन् । नेपालमा १ सय ९३ प्रजातीका चरा र ८९ प्रजातिका जीव सिमसार क्षेत्रमा आश्रित रहेका छन् ।
सिमसार क्षेत्रको अभिलेख अध्यावधिक गर्दै त्यहाँ उपलब्ध जैविक स्रोतको पहिचान र प्राथमिकताको आधारमा संरक्षणका कार्यक्रम अघि सारिनुपर्नेमा संरक्षणविदले जोड दिएका छन् । सिमसार जमिन र पानसहितको दलदल क्षेत्र हो । यस्ता सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान रहने गरेको छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ । पछिल्लो समय प्राकृतिक तालहरु सुक्दै गएका छन् भने कृतिम बन्ने क्रम बढेसँगै प्रकृतिको विपत्ती पनि नजिकिएको छ ।
प्रतिकृया दिनुहोस्