January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

भिक्टोरिया क्रस पाउने पहिलो नेपालीको सालिक एक करोड रुपैयाँमा बेलायतमा बन्दै

भिक्टोरिया क्रस पाउने पहिलो नेपालीको सालिक  एक करोड रुपैयाँमा  बेलायतमा बन्दै

२१ माघ, काठमाडौं ।
भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बेलायतमा बन्ने भएको छ । ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ नजिक अल्डरसटमा एक करोड ८० लाख रुपैयाँ बराबरको शालीक बन्ने भएको हो ।
थापाले प्रथम विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खाली सैनिकलाई
बचाएर बेलायत सरकारको सम्मानित पदक पाएको हुनाले
सालिकको आकृति पनि थापाले घाइते सैनिक बोकेको जस्तै हुनेछ ।
सालिकका लागि हेडक्वार्टर ब्रिगेड अफ गोर्खा ब्रिगेड एसोसिएसन र गोर्खा संग्रहालय, ले पनि अनुमति दिइसकेको गोर्खा मेमोरियल प्रोजेक्टको भनाई रहेको छ ।
कम्युनिटीले काउन्सिललाई सन् २०१५ मा निवेदन दिएसंगै सालिकका लागि स्थानीय रसमोर बरो काउन्सिलले स्वीकृति सहित काउन्सिलले जग्गा र सालिक निर्माणपछि रेखदेख गर्ने जिम्मेवारी समेत लिएको छ । उक्त शालिक निर्माण गर्न लागेको ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ बेलायती सेनाका अधिकृतहरुको प्रशिक्षणका लागि प्रख्यात ठाउँ हो ।
कलाकार यमी गुडम्यानले सालिक निर्माणको जिम्मा लिएसंगै उक्त सालिक आउँदो अगष्टसम्म बनाउने लक्ष्य राखिएको छ ।

Advertisement