January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

दातृनिकायका कारण नवीकरणीय ऊर्जाबाट आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार

दातृनिकायका कारण नवीकरणीय ऊर्जाबाट आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार

माघ २३, काठमाडौं ।

नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले देशका आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार गरेको छ ।
नेपाल सरकार र विभिन्न दातृनिकायसँगको प्रभावकारी समन्वय र सहयोगमा सञ्चालित कार्यक्रमहरुबाट गत पुस मसान्तसम्म ३४ लाख तीन हजार ४४५ घरधुरीमा लघु तथा साना जलविद्युत् सौर्यऊर्जा, वायुऊर्जा, बायोग्यास र सुधारिएको चुलो प्रविधि पुगेकोे छ ।
एक वर्षको अवधिमा नेपाल मिनिग्रीड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व बैंकबीच ५६ लाख १० हजार अमेरिकी डलर बराबरको अनुदान सम्झौता र २० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भइ कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयनमा रहेको र साढे चार वर्ष अवधिको सो कार्यक्रममा बेलायत सरकारबाट प्राप्त १८ मिलियन पाउण्ड सहयोगले प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । फोहरबाट ऊर्जा उत्पादनको लागि हालै अबुधावी फण्ड फर डेभलप्मेन्टबाट १० करोड डलरबराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौता गरिएको छ ।

Advertisement