May 15, 2025, Thursday
२०८२ जेष्ठ २

फिल्मी शैलीमा ठगी गर्ने पक्राउ

फिल्मी शैलीमा ठगी गर्ने पक्राउ

२४ माघ, काठमाडौं ।
प्रहरीले फिल्मी शैलीमा ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।उनिहरुले बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेका थिए । पक्राउ पर्नेमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङ छन् ।
उनीहरुले सक्कली डलर हो भनेर मानिसहरुलाई झुक्काएर रकम असुली गर्दै आएका थिए । महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
हालसम्म उनीहरुले २० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको प्रहरीको भनाइ छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

Advertisement