December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

नेपाल र बंगलादेश द्विपक्षीय वार्ता सफलः अब नेपालले सैदपुर विमानस्थल प्रयोग गर्न पाउने

नेपाल र बंगलादेश द्विपक्षीय वार्ता सफलः अब नेपालले सैदपुर विमानस्थल प्रयोग गर्न पाउने

०७ फागुन, काठमाडौं ।
नेपाल र बंगलादेशबीच द्विपक्षीय वार्ता भएको छ। द्विपक्षीय वार्तापछि दुवै देशका मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । सो सम्मेलनमा बंगलादेशका विदेशमन्त्रीले दुई देशबीचको व्यापार र सम्पर्क बढाउन विमानस्थल प्रयोग महत्त्वपूर्ण हुने भन्दै आफूहरु नेपाललाई सैदपुर विमानस्थल प्रयोग गर्न दिन सहमत भएको बताएका छन् ।


बंगलादेशको तीन दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता भएको हो।


बंगलादेशी समकक्षीले मन्त्री ज्ञवालीको सम्मानमा दिवा भोजको पनि आयोजना गरेका थिए। बंगलादेशको थिंकट्याक्कमा दुई देशको सम्बन्धबारे प्रवचन दिएका मन्त्री ज्ञवालीले त्यहाँका राष्ट्रपति अब्दुल अमिदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

Advertisement