January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रकृतिमा जे छ त्यसैमा आनन्द लिन सक्नु पर्छ भन्ने सन्देश दिने पर्व शिवरात्री

प्रकृतिमा जे छ त्यसैमा आनन्द लिन सक्नु पर्छ भन्ने सन्देश दिने पर्व शिवरात्री

फागुन ९, काठमाडौं ।
हिन्दुहरुको विभिन्न प्रमुख चाड मध्ये एक प्रमुख चाडको रुपमा रहेको महाशिवरात्री पर्व पहिलेदेखि मनाउँदै आएको रमाईलो पर्व हो । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व भएकाले यस पर्वमा भगवान शिवको पुजाआजा गर्ने गरिन्छ ।
शिवजीले लगाएको पहिरन विशेष सन्देशमुलक रहेको छ । बाघको छाला ओढ्नु र सर्पको माला लगाउनु भनेको पर्यावरण अनुसार बाँच्न सिक्नु पर्छ प्रकृतिमा जे मिल्छ त्यसैमा आनन्द लिन सक्नु पर्छ भन्ने हो । त्यस्तै जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतीक मानिएको छ ।
त्यस्तै, शिवजीको आकृतिमा समानान्तर तीन वटा आँखा हुन्छन् । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतीक मानिन्छ । त्रिशुलको तीनवटा शूलले उदय, संरक्षण र विनाशको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
शिवरात्रीलाई फागुन कृष्ण चतुर्दशीका दिन भगवान शिवको उत्पत्ति भएको र भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा पनि लिइने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
पशुपतिनाथसहित विश्वभरिका ज्योतिर्लिंग एवं शिवमन्दिरमा विश्वभरिका शिवमन्दिरहरूमा आज धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदैछ। यो पर्वलाई सुख, शान्ति, समृद्धि प्राप्तिका साथै राष्ट्रिय शान्ति, सामाजिक सद्भाव, आपसी मैत्री तथा करुणा भावका साथ मनाऔं ।

Advertisement