January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

हुन्डी कारोबारः देशको अर्थतन्त्रलाई प्रभाव पार्दै

हुन्डी कारोबारः देशको अर्थतन्त्रलाई प्रभाव पार्दै

११ फागुन, काठमाण्डौ ।
नेपालमा औपचारीक र अनौपचारीक गरी दुई तरिकाले रकम भित्रिन्छ । त्यसमा अनौपचारीक तरिकाले भित्रिने रकम भनेको हुन्डीमार्पmत हुने कारोबार हो । यो कारोबारको अवैध विधि हो । नेपाल राष्ट्र बैंकले विदेशबाट पैसा पठाउन बैंकिङ च्यानलबाट रेमिट्यान्सको व्यवस्था गरेको छ। हाम्रो देशको अर्थतन्त्र पनि रेमिट्यान्सले धानेको छ । रेमिट्यान्सबाट आउने रकम भनेको औपचारिक कारोबार हो । रेमिट्यान्सबाट आएको रकम विदेशी मुद्रामा आउँछ । बैंकले त्यसलाई साटेर नेपाली मुद्रा दिन्छन् ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानले चालु आर्थिक वर्षको साढे ६ महिनामा पाँच अर्ब रुपैयाँको बिगो दाबी गर्दै हुन्डी कारोबार तथा विदेशी विनिमय अपचलन मुद्दा दायर गरेको छ। विभागले कारोबारीलाई बिगोको तेब्बरसम्म जरिवानासहित तीन वर्ष कैद सजाय माग दाबी गरेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा औपचारिक च्यानलबाट तीन खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ रेमिटेन्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। हुन्डीबाट आउने रकम यसमा समावेश छैन।
विदेशबाट रेमिटेन्स ल्याउन नेपाल राष्ट्र बैंकले तीन दर्जनभन्दा बढी कम्पनीलाई अनुमति दिएको छ। तर हुन्डी कारोबार रोकिएको छैन। हुन्डी कारोबारीले विभिन्न मुलुकमा सञ्जाल खडा गरेर कारोबार गर्दै आएका छन्। कम शुल्कको लोभमा मानिसहरू रेमिट्यान्स भन्दा हुन्डी रोज्छन्। हुन्डीबाट पठाउँदा पैसाको स्रोत खुलाउनुपर्दैन। कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् । नेपालबाट गैरकानुनी रुपमा विदेश जाने पैसा पनि हुन्डीमार्फत नै जान्छ। यसो हुँदा गैरकानुनी धन्दा मौलाउने प्रष्ट देखिन्छ ।
हुन्डी नियन्त्रण गर्न नसके यसले अर्थतन्त्रमा त असर पार्छ नै अपराध पनि बढाउँछ । विदेश र्पुयाइएका लागुऔषधको पैसा नेपालमा अवैध बाटोबाटै आउँछ यसरी आउने पैसा पनि हुन्डी मार्पmत नै आउने हो । हुन्डीको अवैध कारोबारले सुन तस्करी, लागुऔषध, हतियार र अन्य अपराधि गतिविधि हुने गरेको पाइन्छ । हुन्डी कारोबारीले विभिन्न मुलुकमा सञ्जाल खडा गरेर कारोबार गर्दै आएका छन्। मानव तस्करीको फन्दामा परेका अधिकतर पीडितले विभिन्न देशमा बसेका तस्करीका विभिन्न एजेन्टलाई बुझाउने रकम हुन्डीमार्फत प्रवाह हुने गरेको छ ।


मानव तस्करको सञ्जालमार्फत कामको खोजीमा युरोप, अमेरिकालगायतका देशमा अवैध रूपमा छिर्न हिँडेका नेपालीले पनि हुन्डीकै माध्यमबाट एजेन्टलाई रकम पठाउने गरेको पाइन्छ ।
हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । हुन्डीको अवैध कारोबारसँगैे सुन तस्करी पनि मौलाएको छ । नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको छ भने त्यसको लेनदेन हुन्डीमार्फत नै हुने गरेको छ । यसबाहेक, हुन्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हुने पो होकि ? या, अाँफूले रकम पठाएको एजेन्ट पक्राउ पर्ने पो हो कि ? जस्ता डर मनमा भइरहन्छन् । जबसम्म आफन्तको हातमा पैसा पुगेको खबर पाइँदैन तबसम्म पैसा पठाउनेलाई चिन्ता भइरहन्छ । यो समस्या हल गर्न विदेश जाने कामदारलाई अनिवार्य बैंक खाता खोल्नुपर्छ ।
रेमिट्यान्सको रकम सडक, पुल, बिजुलीमा लगानी हुने होईन । नेपालमा अहिले दाल चामल बाहेक, शिक्षा, स्वास्थ्यमा रेमिट्यान्सको रकम खर्च भइरहेको छ । हाम्रो अर्थतन्त्रलाई पनि यसैले चलायमान बनाईरहेको छ । सबै रेमिटेन्स वित्तीय संस्थामार्फत ल्याउन सके मुलुकलाई फाइदा हुन्छ। नेपालबाट वैदेशिक रोजगारीका लागि युवा मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, दक्षिण कोरिया, बहराइन, ओमान, अफगानिस्तान, जापान, इजरायल, लेबनान लगायत मुलुकमा जाने गरेका छन्। तीसहित अन्य विकसित मुलुकबाट पनि रेमिटेन्स आउँछ।

Advertisement