कोरोना चीनमा घट्दै, कोरिया, जापान लगायत युरोपमा बढ्दै
फागुन १२, काठमाण्डौ ।
चीनमा कोरोना संक्रमण नियन्त्रणउन्मुख हुँदै जादा अन्य मुलुकहरुमा भने फैलनेक्रम तीब्र बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचका अनुसार चीनवाहिर विभिन्न २६ मुलुकमा संक्रमण देखा परेको छ ।
दक्षिण कोरियामा हिजो मात्र १ सय २३ जना नयाँ संक्रमित फेला परेका छन् । योसंगै संक्रमितको संख्या ५ सय ६५ पुगेको छ । संक्रमणबाट आज थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ४ पुगेको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसको कारण आइतबारसम्ममा ५ जनाले ज्यान गुमाएका छन् भने ५ सय ५६ जनामा संक्रमण भएको पुष्टि भएको दक्षिण कोरियन समाचार द कोरिया हेरल्डमा उल्लेख छ ।
त्यस्तै स्वास्थ्य उपमन्त्री किम गा लिपका अनुसार ६ हजार ३९ जनाले स्वास्थ्य परीक्षण गराइ रिपोर्ट कुरिरहेका छन् भने १८ जना उपचारपछि निको भई घर फर्किएका छन् । उपमन्त्री किमले कोरोना गम्भीर चरणमा प्रवेश गरेका भन्दै नागरिकहरुलाई सजग रहन अपील गर्नुभएको छ ।
जापानमा शनिबार मात्र थप २७ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, इरानमा हिजो थप १० जनामा संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या २९ पुगेको छ ।
युरोपको सबैभन्दा प्रभावित मुलुक इटलीमा हिजोसम्म संक्रमितको संख्या तेब्बरले बढेर ७९ पुगेको छ । संक्रमण बढ्दै गएपछि ५० हजारको बसोवास रहेको लोम्बार्डी र भेनेटोमा सरकारले क्वारेन्टाइनको स्थापना गरेको छ । कोरोना प्रभावित शहरमा प्रवेश गर्न र बाहिरिन प्रतिबन्ध समेत लगाइएको छ । दुइ शहरका सबै विद्यालयत बन्द गरिएका छन् ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले संक्रमणको उद्गमथलो चीनसंग जोडिएका १३ अफ्रिकीसहित अति संवेदनशील मुलुकहरुमा संक्रमण फैलन नदिन पहल थालेको जनाएको छ । यद्यपि चीनसंग प्रत्यक्ष सम्बन्ध नरहेकामा समेत संक्रमण देखिएकाले चुनौती थपिएको डब्लुएचओले उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्