टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखाैँ ठगी गर्ने कमलप्रसाद पोखरेल पक्राउ
काठमाण्डौ – टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगेर भागेका मोरङका एक व्यक्ति पक्राउ परेका छन् । माेरङकाे रतुवामाई नगरपालिका-६ घर भएर काठमाण्डौ महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल टेकुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ । आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख ५६ हजार रुपैयाँ लिएको उजुरीको आधारमा पाेखरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
उहाँका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस्