कोरोनाले विदेशमा गर्ने भनिएको पर्यटनको प्रचारप्रचार कार्यक्रम हाललाई स्थगित
फागुन १७, काठमाडौं ।
कोरोनाले विदेशमा गर्ने भनिएको पर्यटनको प्रचारप्रचार कार्यक्रम हालाई स्थगित
फागुन १७, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।
पर्यटन प्रवद्र्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रम पछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकार लागेको बताएका छन् । उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रीत हुन्छौँ । आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउछौं ।’
प्रचारलाई बन्द गरेपछि नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई गम्भिर असर गरेको छ । नेपालमा पर्यटनमा असर परेको सयम कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दा देशी पर्यटन क्षेत्र ध्वस्थ बनाएको छ ।
प्रतिकृया दिनुहोस्