December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

कोरोना प्रकोप ः इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

कोरोना प्रकोप ः इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

फागुन २२, काठमाडौँ ।
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।
भाइरसको संक्रमण बढ्दै गएपछि अप्रिल ३ सम्मका लागि व्यावसायिक फुटबल खेल र ठूला खेल प्रतियोगिताहरु दर्शकबिना खेलाइने इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले जानकारी दिएका छन् । फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कोन्टेले भाइरसको जोखिम न्यूनीकरणका लागि जिम्मेवार व्यवहारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । ठूला भेला, जमघट र खेल प्रतियोगिताहरुमा नजाँदा संक्रमणको जोखिम कम हुने पनि उनले बताएका छन् ।
यसैबीच इटालीका सबै विद्यालय र विश्वविद्यालय मार्च १५ सम्मका लागि बन्द गरिने भएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै सबै शैक्षिक संस्था बन्द गरिएको शिक्षामन्त्री लुसिया एज्जोलिनाले बताइन् । इटाली र इरानमा संक्रमण र मृतकको संख्या बढिरहँदा बुधबार पोल्यान्ड, एन्डोरा, अर्मे्निया र अर्जे्न्टिनामा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको छ ।
त्यस्तै कोभिड–१९ का कारण इरानमा ९२ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ । बुधबार थप १५ जनाको मृत्यु भएको छ भने ५ सय ८६ जनामा संक्रमण देखिएको छ । बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ । बुधबार थप ३१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । बुधबार थप १६० जनामा संक्रमण भएको पनि स्वास्थ्य आयोगले जनाएको छ । बिहीबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ४ सय ३० पुगेको छ भने करिब ५२ हजार निको भएका छन् ।

चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन् । बिहीबार बिहानसम्म दक्षिण कोरियामा संक्रमितको संख्या ५ हजार ७ सय ६६ रहेको छ भने ३५ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले कोरोनाविरुद्धको लडाइँलाई युद्धको संज्ञा दिएका छन् ।
अमेरिकामा पनि कोभिड–१९ को संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ । अमेरिकामा बिहीबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने १५८ जनामा संक्रमण देखिएको छ ।त्यस्तै जापानमा १२ जनाको मृत्यु भएको छ भने एक हजार ३७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कोभिड–१९ को संक्रमणबाट फ्रान्समा ४, स्पेन, हङकङ, अस्ट्रेलिया र इराकमा २–२ जनाको मृत्यु भएको छ भने थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित रहेका छन् । ५३ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । कान्तिपुर दैनिक बाट साभार
कहाँ कति मृत्यु, कति संक्रमित ?

देश मृत्यु हुनेको संख्या संक्रमितको संख्या
चीन ३,०२२ ८०,४३०
दक्षिण कोरिया ३५ ५,७६६
इरान ९२ ३,०८९
इटाली १०७ २,०३६
जापान १२ १,०३७
अमेरिका ११ १००
फ्रान्स ४ २८५
जर्मनी २६२
स्पेन २ २२८
सिंगापुर ११२
हङकङ २ १०३
कुवेत ५६
बहराइन ५२
थाइल्यान्ड १ ४३
ताइवान १ ४२
बेलायत ८७
अस्ट्रेलिया २ ५०
स्विजरल्यान्ड ९३
मलेसिया ५०
क्यानडा ३४
इराक २ ३५
नर्वे ५९
यूएई २८
अस्ट्रिया २९
नदेरल्यान्ड्स ३८
भियतनाम १६
स्विडेन ५२
लेबनान १५
इजरायल १५
मकाओ १०
आइसल्यान्ड २६
सान मारिनो १ १६
बेल्जियम २३
क्रोएसिया १०
फिनल्यान्ड ७
ग्रीस ९
कतार ८
इक्वेडर १०
भारत २९
मेक्सिको ६
ओमान १५
अल्जेरिया १७
चेक गणतन्त्र ८
डेनमार्क १५
पाकिस्तान ५
फिलिपिन्स १ ३
अजरबैजान ३
जर्जिया ३
रोमानिया ६
रुस ३
ब्राजिल ३
इजिप्ट २
इन्डोनेसिया २
पोर्चुगल ६
अफगानिस्तान १
एन्डोरा १
अर्मेनिया १
बेलारुस १
कम्बोडिया १
डोमिनिकन गणतन्त्र १
इस्टोनिया २
आयरल्यान्ड १
जोर्डन १
लाट्भिया १
लिथुवानिया १
लम्जेमबर्ग १
नर्थ म्यासेडोनिया १
मोनाको १
मोरक्को १
नेपाल १
न्युजिल्यान्ड १
नाइजेरिया १
साउदी अरेबिया २
सेनेगल ४
श्रीलंका १
ट्युनिसिया १
युक्रेन १
अर्जेन्टिना १
लिचेन्स्टाइन १
स्लोभेनिया १
पोल्यान्ड १

Advertisement