January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

त्रिविले परीक्षा यथावत् सञ्चालन गर्ने

फागुन २७, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन हुने भएको भएको छ । कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
आगामी चैत ७ गतेदेखि सुरु हुने विभिन्न संकायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । कोरोना भाइरसको अहिलेकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था नभएकाले परिक्षा सञ्चालन गरिने उनको भनाई रहेको छ ।
त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे भएको छलफलमा मन्त्री ढकालले अहिलेकै अवस्थामा परीक्षा रोक्नु जरुरी नरहेकोले त्रिविलाई यथावत् रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए । जसअनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ ।
त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु हुँदैछ ।

Advertisement