January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

दलित सँग विवाह गरेको भन्दै माइतीपक्ष बाट युवती अपहरण

दलित सँग विवाह गरेको भन्दै माइतीपक्ष बाट युवती अपहरण

२८ फागुन, काठमाडौं ।
जात नमिल्ने केटासंग विहे गरेको भन्दै माईती पक्षले फिल्मी शैलिमा श्रीमान बाट खोसेर लगेकी एक युवती नौ दिन देखि बेपत्ता भएकी छिन् । सिरहाको लहान नगरपालिका–२२ बर्छवाका मुकेश विश्वकर्माकी पत्नी मधुकुमारी यादवलाई १८ फागुन राती श्रीमान संंगै सुतिरहेको अवस्थामा माइती पक्षले जबर्जस्ती लगेको थियो । त्यस यता उनकी श्रीमती मधुकुमारी यादब सम्पर्क बिहिन भएकी छिन् ।
त्यसयता पिडित पति मुकेश विश्वकमाले दिनँहुजसो ज्यान मार्ने धम्की आइरहेको पिडितले बताएका छन् ।
ति दुई बिच प्रेम सम्वन्ध हँुदा उनिहरुले गत ५ मंसिरमा लहानस्थित राम मन्दिरमा गएर प्रेम विवाह गरेका थिए । यस्तै, २९ माघमा सिरहा जिल्ला अदालतले दुईबीच पति–पत्नीको नाता कायमको फैसला गरेको थियो ।
घटना पछी मुकेशले फागुन २० गते श्रीमती खोजबिनका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिएका थिए ।
प्रहरीले भने युवतीको खोजी गरिरहे पनि फेला पर्न नसकेको जनाएको छ ।
०६३ जेठ २१ गते भएको जातीय छुवाछुत मुक्त राष्ट्र घोषणाले विषेश गरी जातीय विभेद तथा छुवाछुतको मारमा परेका लाखौँ दलित समुदायलाई ठूलो राहत पुग्ने आशा गरिएको थियो । तर त्यो केवल घोषणामा मात्रै सिमित बन्न पुगेको छ ।
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले पनि विभेद हट्न सकेको छैन ।

Advertisement