April 18, 2025, Friday
[nepali_today_date]

कोटेश्वर कलंकी सडकखण्डमा लेन प्रयोगमा नयाँ नियम ल्याउदै ट्राफिक प्रहरी

कोटेश्वर कलंकी सडकखण्डमा लेन प्रयोगमा नयाँ नियम ल्याउदै ट्राफिक प्रहरी

२८ फागुन, काठमाडौं ।
काठमाडौं उपत्याकाको कोटेश्वर –कलंकी सडकखण्डको लेन प्रयोगमा नयाँ नियम लागु हुने भएको छ । दुर्घटना न्यूनीकरण गर्ने अभियानस्वरूप तथा उपत्यकाको सवारी आवागमनलाई सहज बनाउने तथा सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडकमा लेन प्रयोगसम्बन्धी नयाँ नियम लागू गर्न लागेको बताएको छ ।
यो नियम प्रयोगमा आएसँगै ८ लेनको यो सडक खण्ड (१० किमि) मा यात्रुबाहक तथा मालबाहक र कम गतिका सवारीसाधनले बायाँ लेन मात्रै प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै, निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउनु पर्नेछ ।
उक्त नियम चैत २ गते देखि लागु हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले यसअघि यही नियम जडीबुटी–सूर्य्विनायक सडकमा लागू गरेको थियो ।
यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्रा्ष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा टा्रफिक प्रहरीले गरेको छ ।
यो सडक व्यबस्थित र सुबिधायुक्त छ । ८ लेनको यो सडक खण्डमा मासिक सरदर ८५ वटा दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । तीमध्ये अधिकांश दुर्घटना लेन अनुशासन पालना नहुने कारणले भएका छन् ।
नयाँ नियमअनुसार अब कोटेश्वर–कलंकी खण्डमा बायाँ लेनमा प्रतिघन्टा २० किमि र दायाँ लेनमा प्रतिघन्टा ५० किमि गति कायम भएको छ ।

Advertisement