व्यापार घाटा १७.८६ प्रतिशतले कमी, कस्तो छ अन्य बस्तुको अवस्था ?
चालु आर्थिक वर्ष २०७९÷०८० को आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा घटेको छ । आयात र निर्यात घटेसँगै व्यापार घाटा १७.८६ प्रतिशतले घटेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको अन्तरदेशीय व्यापारघाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ को आठ महिनामा यस्तो व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँ थियो ।गत आर्थिक वर्षको आठ महिनाको तुलनामा आयात १९.१३ प्रतिशतले घटेको छ भने निर्यात २९.०७ प्रतिशतले घटेको छ । आयात र निर्यात दुवै घट्दा त्यसको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ भने सो अवधिमा एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँको सामान विदेश निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ सामान आयात भएको थियो भने निर्यात एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो ।
विद्युतीय गाडी ६ अर्बको आयात हुँदा डिजेल पेट्रोलका १ अर्ब ८४ करोड रुपैयाँको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार फागुन महिनासम्म पेट्रोलियम इन्धनका गाडीको तुलनामा विद्युतीय गाडीको आयात बढेको हो । सरकारले डिजेल पेट्रोलका गाडी आयात प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीको आयात बढेको हो । गत वैशाखदेखि मंसिरसम्म पेट्रोलियम गाडीको आयात प्रतिबन्ध थियो । फागुन महिनासम्मको तथ्यांक अनुसर ६ अर्ब १६ अर्ब रुपैयाँका विद्युतीय गाडी भित्रिएका छन् । जसमा १०० किलोवाटसम्मका १९ सय ५९ वटा आयात भएका छन् । २०० किलोवाटसम्मका ४४ वटा र ३०० किलोवाटसम्मका ६ वटा आयात भएका छन् । यस्तै, डिजेल र पेट्रोलका गाडी ११ सय १६ वटा आयात भएका छन् । जसमा ७८८ वटा पेट्रोल र ३२८ वटा डिजेलका निजी प्यासेन्जर गाडी आयात भएका छन् ।
नेपालमा आर्थिक वर्ष २०७९÷८० को ८ महिनामा करिब ११ लाख स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार साउन महिनादेखि १० करोड ९४ हजार ८ सय ८९ वटा स्मार्टफोन नेपाल भित्रिएका हुन् । यी स्मार्टफोनको मूल्य १६ अर्ब ६० करोड २ लाख ७३ हजार रहेको छ । यसमार्फत् सरकारलाई ३ अर्ब ९ करोड ८५ लाख ३२ हजार राजस्व रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा बढी चीनबाट १० अर्ब ७१ करोड मूल्य बराबरका ७ लाख ६४ हजार ८ सय ४२ स्मार्टफोन भित्रिएका छन् । यसबाट सरकारलाई करिब २ अर्ब राजस्व उठेको छ । दोस्रोमा भारतबाट ४ अर्ब ६१ करोड मूल्य बराबरका ३ लाख १३ हजार ६ सय ३४ स्मार्टफोन भित्रिएका छन् । यसबाट सरकारलाई करिब ८६ करोड राजस्व उठेको छ । तेस्रोमा भियतनामबाट ७१ करोड ७८ लाख मूल्य बराबरका ६ हजार ३ सय मोबाइल फोन भित्रिएका छन् । यसमा सरकारलाई करिब १३ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । युनाइटेड अरब एमिरेट्सले (युएई) करिब १४ करोड मूल्य बराबरको ३ हजार ३ सय ७२ मोबाइल आयात भएको छ । यसबाट सरकारलाई करिब २ करोड ६२ लाख राजस्व उठेको छ । यस्तै संयुक्त राज्य अमेरिकाबाट करिब १२ करोड मूल्य बराबरको १ हजार २ सय स्मार्टफोन भित्रिएका छन् । यसबाट सरकारलाई करिब २ करोड ३२ लाख राजस्व उठेको छ । नेपालले चालु आर्थिक वर्ष २०७९÷०८०को आठ महिनामा ४३ करोडको काजु आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालु आवको आठ महिनामा ४३ करोड ५४ लाख ३९ हजार रुपैयाँको काजु आयात गरेको छ । नेपालले युनाइटेड अरब इमिरेट्स, भारत, मोजाम्बिक, कतार, भियतनाम, चीन, नाइजेरियाबाट काजु आयात गर्दै आएको छ । पछिल्लो आठ महिनामा भारतबाट एक करोड चार लाख १२ हजार, मोजाम्बिकबाट २५६ रुपैयाँ, कतारबाट ६ हजार, युनाइटेड अरब इमिरेट्सबाट पाँच हजार, भियतनामबाट एक करोड २० लाख ५६ हजार रुपैयाँको बोक्रासहितको काजु आयात भएको छ । यस्तै, चीनबाट ३९ लाख ९९ हजार, भारतबाट ११ करोड ७३ लाख ३६ हजार, मोजाम्बिकबाट १२ करोड ४६ लाख ९९ हजार, नाइजेरियाबाट सात करोड ४३ लाख ३६ हजार र भियतनामबाट ९ करोड २५ लाख ९० हजार रुपैयाँको बोक्राबिनाको काजु आयात भएको छ । उक्त काजु आयातबाट सरकारले २१ करोड ६४ लाख २ हजार राजस्व संकलन गरेको छ ।
नेपालले पछिल्लो आठ महिनामा बोक्रासहित र बिना बोक्राको गरी ६ लाख ५५ हजार ८५८ केजी काजु आयात गरेको छ । विभागका अनुसार भारतबाट ५५ हजार ८५३ केजी, मोजाम्बिकबाट दुई केजी, कतारबाट ९ केजी, युनाइटेड अरब इमिरेटस्बाट आठ केजी, भियतनामबाट एक लाख १० हजार ८०० केजी बोक्रासहितको काजु आयात भएको छ । यस्तै, चीनबाट चार हजार २०० केजी, भारतबाट एक लाख २३ हजार ८०० केजी, मोजाम्बिकबाट एक लाख ६२ हजार ४४० केजी, नाइजेरियाबाट ८७ हजार ३५२ केजी र भियतनामबाट एक लाख ११ हजार ३९४ केजी बोक्रा बिनाको काजु आयात भएको छ ।
प्रतिकृया दिनुहोस्