शक्ति सञ्चय गर्ने मुडमा सिटौलाः सबैलाई भेला गराएर आफू थप शाक्तिशाली भएको सन्देश दिदै
चैत ३, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिवेला महाधिवेशन केन्द्रीत भेला तथा गुटगत छलफल सुरु भएका छन् । नेपाली कांग्रेसमा भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बत्तिसपुतलीमा आयोजित भेलामा आफू थप शाक्तिशाली भएको सन्देश दिएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सिटौला एक्लै भएको भन्ने आरोप लगाई रहेको समय उनले सबैलाई एक ठाउँमा उभियाएर आफू थप शक्तिशाली भएको सन्देश दिएका छन् ।
सभापति शेरबहादुर देउवासँग केही नजिक भएपनि असन्तुष्ट रहेका सिटौलाले महाधिवेशन अगाडिसम्म आफ्नो समूहलाई बचाइराख्ने र शक्ति संचय गर्ने मुडमा देखिएका छन् । उनले भेलामा आफूबाट अलग भएको भनेर प्रचार गरिएका युवा नेताहरु गगन थापा र प्रदीप पौडेल, भिमसेन दास प्रधान, नेताहरु धना खतिवडा, शिव हुमागाई, मुक्ता यादव, उमाकान्त चौधरीलगायत करिव २ सय नेता कार्यकर्ता सहभागी गराएका थिए ।
भेलामा सहभागी नेताहरुले कांग्रेसमा सुधारका लागि आफूहरु प्रयासरत रहेको र स्पष्ट रोडम्याप बनाएर अगाडि बढ्ने बताए । त्यस्तै उनिहरुले सिटौलाकै नेतृत्वमा बलियो रुपमा प्रस्तुत हुने बताएका छन् । भेलामा सिटौलाले आफूहरु सभापति वा वरिष्ठ नेता पौडेल दुबैको समूहमा नभएको स्पष्ट पारेका छन्््् ।
भेलामा युवा नेता गगन थापाले शक्ति बढाएर परिवर्तनको वातावरण बनाउने बताउँदै पाटीभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर सिटौलाले मध्यमार्गी भूमिका खेलेकोमा प्रशंसा गरे । ‘कुनै अलमल विना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही र गलतमा गलत भनेका छौं ।, थापाले थपे, ‘शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने हो ।’
अर्का नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले नै महाधिवेशन नचाहको आरोप लगाए । महाधिवेशनको मिति तय भइसक्दा पनि समायोजनको बाँकी काम सक्न कसैले निर्देशन नभएको भन्दै उनले असन्तुष्टि जनाए । पौडेलले पनि आफूहरु छुट्टै समूह भएको र सबैले विधान स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
१३ औं महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । पछि उनले सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए । सिटौला समूहबाट गगन थापा महामन्त्रीको उम्मेदवार थिए । उनी शशांक कोइरालासँग पराजित भएका थिए ।
भेलामा युवा नेता गगन थापाले शक्ति बढाएर परिवर्तनको वातावरण बनाउने बताउदै पार्टी्भित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर सिटौलाले मध्यमार्घी भूमिका खेलेकोमा थापाले प्रशंसा गरे।
१३औं महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए। पछि उनले सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए। सिटौला समूहबाट गगन थापा महामन्त्रीको उम्मेदवार थिए। उनी शशांक कोइरालासँग पराजित भएका थिए।
प्रतिकृया दिनुहोस्