सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक, सबैभन्दा बढी बर्दियाका
०४ चैत, काठमाण्डौ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सुची सार्वजनिक गरेको हो ।
सशस्त्र संघर्ष बिराम लागेको १३ वर्षपछि नामावली सार्वजनिक गरेको हो । आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ ।
राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै दुई हजार ५०६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको आयोगका सूचना अधिकारी निराजन अधिकारीले जानकारी दिएका छन् । आयोगले सार्वजनिक गरेको वेपत्ताको सूचीमा सबैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २५४ जना वेपत्ताको सूचीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।
विसं २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको बारेमा कुनै पनि जानकारी भए ललितपुरको पुल्चोकमा रहेको आयोगको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।
यसका लागि पैसा तिर्नु नपर्ने फोन नम्बर १६६००१२२१११, आयोगको फोन नम्बर ०१५०१०१९६ र ०१५०१०१७९ मा फोन गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस्