Banijya News

नेपालले चुम्यो ऐतिहासिक ट्रफी

1
1.1K Shares

२९ कात्तिक २०७६, काठमाण्डौ । बिहीबार ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर नेपाली महिला भलिबलको उपाधि नेपाली महिला टिमले जितेको छ । नेपाली महिला टिमले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो । नेपालले सो खेल माल्दिभ्स विरुद्ध खेलेको थियो ।

पाँच देश सहभागी प्रतियोगिताको पहिलो संस्करणमा समूह चरणबाट नेपाली टिम शतप्रतिशत जितसहित फाइनल पुगेको थियो । नेपाललाई समूह चरणमा जित हात पार्न खासै गाह्रो परेको थिएन ।
नेपालमा मंसिर १५ देखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम माल्दिभ्सविरुद्ध पहिलो सेट २५–१३ ले कब्जा गर्दै उपाधितर्फ अग्रसर भएको थियो । सहिद सुरवार्दी इन्डोर रंगशालामा ‘बेस्ट अफ फाइभ’ को फाइनलमा नेपालले दोस्रो सेटमा २५–१२ को आफ्नो पक्षमा र्पायो । तेस्रो सेट २५–८ ले कब्जा गर्दै नेपाली टिमले ऐतिहासिक ट्रफी चुमेको हो ।

1

Scroll to Top