April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

जुडोकी सोनिया ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिन

जुडोकी सोनिया ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिन

जापानको राजधानी टोकियोमा भइरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो खेलमै पराजय बेहोरेकी छन् । सोनिया रुसकी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । शनिबार राउन्ड अफ ३२ अन्तर्गत ४८ केजी मुनिको तौल समूहमा उनले १ मिनेट १६ सेकेन्डमै खेल गुमाइन् ।

विश्व वरियताको नवौँ स्थानमा रहेकी इरिनाले इप्पोनका आधारमा सोनियामाथि सहज जित दर्ता गरेकी हुन् । इरिनाले फाइनल प्रवेश गरेको खण्डमा सोनियाले रेपेचेजमार्फत पुन ःप्रतिस्पर्धा गर्ने मौका पाउनेछिन् । सोनियाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी नै छ ।  सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

Advertisement