April 30, 2025, Wednesday
[nepali_today_date]

राजश्व असुली तुलनात्मक रुपमा घट्दै, लक्ष्य पुराहुन गाह्रो

राजश्व असुली तुलनात्मक रुपमा घट्दै, लक्ष्य पुराहुन गाह्रो

०२ मंसिर २०७६ काठमाडौ
कर कार्यालय आउनेबित्तिकै हाम्रा कर्मचारीले व्यापारीलाई सुन पार्ने कुखुरीको रुपमा हेर्ने गरेका छन् । कर्मचारीको नियत नै व्यापारीबाट धेरैभन्दा धेरै मात्रामा कमिसन लिएर व्यापारीलाई टेवा पुन्याउनु हुने गरेको छ । यसले गर्दा कर्मचारीहरु कर कार्यालयमा जानको लागि त“छाडमछाड नै गर्दछन् । राजनीतिकर्मीहरु कर्मचारीहरुलार्ई सहयोगीभन्दा प्रतिस्पर्धी बन्न प्रेरित गर्दछन् । फलतः प्रशासन निर्धो भएको छ । मन्त्री आफूले भनेको मान्ने सचिव रोज्ने र ब्यापारीको उक्साहटमा काम गर्ने गर्दा राजस्व असुली लक्ष्य भन्दा कम भएको छ । यसले राजश्व असुलीको लक्ष्य गतआर्थिक वर्षदेखि तुलनात्मक रुपमा घट्दै गएको छ । राजश्वका लागि मुख्य मानिने मूल्यअभिवृद्धि कर र आयकरको लक्ष्य अहिलेसम्म शत प्रतिशत असुलि गर्न सरकारले सकेको छैन् । यसै आर्थिक वर्षको चार महिनाको तथ्याङ्कमा पनि कूल लक्ष्यको २२ प्रतिशत मात्र राजश्व असुलि भएको देखिन्छ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो । तर ८ खर्ब ५९ अर्ब रुपैयाँ मात्र राजश्व उठ्यो ।

तीन वर्षको राजश्व असुलीको अवस्थ

जुन लक्ष्य भन्दा ९ प्रतिशत कम हो । त्यसमध्ये राजश्व उठ्ने मुख्य स्रोेत मूल्य अभिवृद्धि कर र आयकर लक्ष्यभन्दा १० प्रतिशत कम अर्थात ४ खर्ब ३६ अर्ब रुपैयाँ उठेको थियो । आर्थिक वर्षको चार महिनाको अवधिमा पनि लक्ष्य भन्दा १० प्रतिशत कम राजश्व असुलि भएको देखिन्छ । आर्थिक वर्ष २०७६÷०७७ मा ११ खर्ब ७० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य सरकारको छ । जसमध्ये २ खर्ब ६० अर्ब राजश्व चार महिनामा उठेको छ । तर, सरकारले राजश्व असुलिको लक्ष्य पुरा गर्नका लागि अग्रिम भुक्तानी माग्ने भएकाले सरकारी लक्ष्यलाई यथार्थ मान्न भने सकिदैन् । अर्कोतर्फ आयातमा निर्भर राजश्व संकलनलाई उत्पादनमा आधारित बनाउन सरकारलाई चुनौति छ । अहिले व्यक्तिगत प्यान लिनेको संख्या १६ लाख १२ हजार र व्यवसायीक प्यान लिनेको संख्या १२ लाख ७४ हजार नाघेको छ । जुन कुल जनसंख्याको १३ प्रतिशत मात्रै हुन्छ । त्यस्तै जिडिपीमा २६ प्रतिशत योगदान दिने कृषि क्षेत्र अझै आयकरमा आउन सकेको छैन् ।

Advertisement