January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापामारी सामान बरामद

नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापामारी सामान बरामद

०२ मंसिर २०७६ काठमाडौ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको हो ।

यी कलेजले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको जानकारी स्रोतले दिएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई थाहा दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३/३ सदस्य टोली कलेजमा पठाएको थियो ।

Advertisement