About
Contact
January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार
गृहपृष्ठ
विशेष
समाचार
अर्थनीति
बैंक
सेयर बजार
कर्पोरेट
कर
मनोरञ्जन
इन्सुरेन्स
पत्रपत्रिका
विधुत
पर्यटन
विविध
अख्तियार
जिवनशैली
साहित्य
खेलकुद
रोचक प्रसँग
धर्म
रोजगार
राजनीति
बाणिज्य
स्वास्थ्य
पत्रपत्रिका
रचना
विचार
विश्व अर्थतन्त्र
English
कर
प्यानमा विवाद कायमै
532
SHARES
वाणिज्य न्युज
२६ श्रावण २०७६
कर विवाद समाधानका लागि अर्थमन्त्रालयले बनाएको कार्यदलमा सरकारी पक्ष र ब्यवसायीले आ–आफ्नो अडान नछाडदा निष्कर्षमा पुग्न सकेको छैन । अडान नछाड्दा तोकिएको समयमा कार्यदलले आफ्नो सुझाबनै दिन सकेको छैन । प्यानको बिषयमा बसेका बैठकमा सरकार र निजी क्षेत्रले एक अर्कालाई अनौपचारिक रुपमा ब्याङ समेत गर्नपछि परेका छैनन् । व्यवसायीले प्यान अनिवार्य गरेपछि सरकारी कर्मचारीलाई कसरी अतिरिक्त रकम दिने त्यो विकल्प देखाउन भन्दै छेडछाड गर्ने गरेका छन भने कर्मचारीले प्यानमा जान नखोजेर कर्मचारीका नाममा धेरै खर्च देखाउन खोज्नुभएको त हो भन्नेसम्मको छेडखानी गर्ने गरेका छन् । सरकारी र निजी दुबै पक्षलाई यतिखेर प्यान गलपासो भएको छ । ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य प्यान र भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) कार्यान्वयनमा आउने जटिलताको अध्ययन गर्न गठित कार्यदलले गत शुक्रबारनै सुझाब बुझाउने डेडलाइन थियो । तर बुधवारसम्म एउटा बुँदा सहमति हुन सकेको छैन । कार्यदलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले एउटै मत राखेका छन् । पारिश्रमिकका लागि अनिवार्य प्यानमा निजी क्षेत्रले १० हजार रुपैयाँ हुनुपर्ने अडान यि सस्थाका प्रतिधिको छ । निजी क्षेत्रले यसमा केही लचकता अपनाउनसक्ने देखिएको छ । तीनवटै संगठनले पारिश्रमिकका लागि प्यान अनिवार्य भएपनि निश्चित सीमा आवश्यक रहने र ६ महिना वा एक वर्षकै समय चाहिने बताएका छन ्। निजी क्षेत्रबाट गएका तीनै वटा संगठनले सरकारसँग भएको छलफल आफ्ना अध्यक्षलाई विफ्रिङ गरिरहेका छन् । अझ ती प्रतिनिधीले सहमतिको मस्यौदामा तत्कालै हस्ताक्षर गर्न नसकिने अडान राखेका छन् । भिसिटिएसमा पनि निजी क्षेत्र भन्सार र उद्योगमा लगाउन एकमत छन् तर आन्तरिक ढुवानीमा कार्यान्वयनमा अडान राखेका छन् । तर सरकारी अधिकारी भने सबैतिर भिसिटीएस कार्यान्वयन गर्नुपर्ने अडानमा छ । ढुवानी व्यवसायमा भ्याट लगाउने विषयमा समेत सरकारी अधिकारी र निजी क्षेत्रबीचको विवाद कायमै छ ।
Advertisement
प्रतिकृया दिनुहोस्
भर्खरै
लोकप्रिय
रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
वैदेशिक लगानी प्रतिबद्धता घट्यो, पर्यटन क्षेत्रमा आकर्षण
८५ कम्पनीद्वारा ५१ अर्ब ७४ करोडको आइपिओ ल्याउन आवेदन
तरलता पर्याप्त भएपछि वाणिज्य बैंकहरूले लिएनन् धितोपत्र बोर्डको निक्षेप
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुदै
२४ पुष २०८१
तिब्बत क्षेत्रमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, ३२ जनाको मृत्यु, ३८ घाइते, नेपालमा के भयो ?
२३ पुष २०८१
४६० अर्बको मुगु कर्णालीमा भारतीय अर्बपति अडानीले लगानी गर्ने, चौधरी ग्रुप स्थानीय साझेदार
२४ पुष २०८१
भूकम्प प्रभावः परीक्षा सर्यो , कलेज बन्द, कहाँ के क्षति भयो ?
२३ पुष २०८१
तिब्बतमा ७ म्याग्नेच्युडको भूकम्प, काठमाडौंमा ५ दशमलव २ म्याग्नेच्युडको धक्का
२३ पुष २०८१
प्रतिकृया दिनुहोस्