January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

नेपाल एयर लायन्सको विमान नेपालगञ्जमा दुर्घटना

नेपाल एयर लायन्सको विमान नेपालगञ्जमा दुर्घटना

चैत १५, बाँके ।
काठमाडौंबाट गएको नेपाल एयर लायन्सको वाई १२ ट्विनअट्टर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ । काठमाडौंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना परेको हो ।
धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र दुईजना चिकित्सक सुरक्षित रहेका छन् । क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन पुगेको विमान धावनमार्गमा चिप्लिएको थियो ।

Advertisement