सुरुङ्गामा नयाँ फनपार्क
झापाको पर्यटकीय नगरी कनाकाईको सुरुङ्गामा निजी लगानीको नयाँ फनपार्क संचालनमा आएको छ । करिब ६ करोडको लगानीमा संचालनमा आएको यक्त फनपार्क एक विगाह क्षेत्रमा फैलिएको छ । यस्लाई अझ विस्तार गर्दे लैजाने फनपार्कका संचालक मिनाल तिम्सिनाले बताए । यसअघि १८ करोडको लागतमा ह्पाप्पी लैण्ड फनपार्क संचालनमा आइसकेको छ ।दुई स्वीमिङ्ग पुल, चिसो र तातो पानीको स्नान गृह रहेको फन पार्कमा निकट भविष्यमै भ्यूटावरसहितका कृत्रिम तथा प्राकृतिक पर्यटकीय स्थल राखिनेछ । यस क्षेत्रमा दोमुखा, धनुषकोटीधाम, कोटीहवन, जामुनखाडी सिमसारलगायातका पर्यटकयी स्थानहरु रहेका छन् । कनकाई फनपार्क खुलेपछि सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग मिल्ने ब्यापसायीको दावी छ ।
प्रतिकृया दिनुहोस्