May 15, 2025, Thursday
२०८२ जेष्ठ २

हवाई सेवामा लकडाउन जेठ २ सम्म लम्ब्याइयो

हवाई सेवामा लकडाउन जेठ २ सम्म लम्ब्याइयो

काठमाडौं : उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ। यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमा नै राख्ने निर्णय गरेको हो। आजको बैठकमा हवाई सेवामा लकडाउन जारी राख्नेमात्र निर्णय भएको हो।

Advertisement

उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने छ ।